स्वास्थ्य चौकीकी अनमी मृत फेला

२ भदौ- बैतडी, स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् ।

 

पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट मृत भेटिएकी छन । उनि बस्ने कोठामा आइतबार राति ८ बजेतिर विष्ट झुन्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पुर्चौडी–१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको स्थानीयले बताएका छन् ।​

 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्