च्याउ खाएर बिरामी परेका एक जनाको उपचारका क्रममा मृत्य

१ भदौ- रोल्पा, जङ्गली च्याउ खाँदा बिरामी परेका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

परिवर्तन गाउँपालिका‑२ राङसीकी ७४ वर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

च्याउ खाँदा बिरामी परेका निर्मलाका श्रीमान् ८१ वर्षीय भागीराम वलीको उपचार भइरहेको छ । दुबै जनाले साउन २७ गते बेलुका स्थानीय जङ्गलबाट खोजेर ल्याएको च्याउको तरकारी खाएका थिए।

च्याउ खाएपछि बिरामी परेका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। निर्मलाको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्