बिहे गरेर गएकि प्रेमीकालाई बम उपहार, परिवारै सिध्याउने योजना

१ भदौ- भारत, छत्तीसगढको खैरागढ–छुईखदान–गंडईमा एक प्रेमीले आफ्नो प्रेमिकाले अरुसँगै विवाह गरेपछि प्रेमीले बिहे गरेर गएको प्रेमिकाको घरमा पार्सल गरेर बम पठाएका छन । । त्यहाँका एक युवकले आफ्नो प्रेमिकाको विवाह भएपछि उनको श्रीमानसहित पूरै परिवारलाई पार्सल बममार्फत् उडाउन खोजेको घटना बाहिर आएको छ ।

कुसमी गाउँका २० वर्षीय विनय नामक युवकको नजिकैको गाउँमा बस्ने युवतीसँग विद्यालय पढ्ने समयदेखि नै प्रेम सम्बन्ध थियो । तर करिब ४० दिनअघि युवतीको विवाह भई उनी मानपुरस्थित घर गइन् । प्रेमिकाबाट अलग हुनुपर्दा दुःखी बनेका प्रेमीले यस्तो घटना घटाउन खोज्का् हुन ।

 

प्रेमिकालाई पुनः पाउन नसक्ने देखेपछि विनयले आफ्नी प्रेमिकाको श्रीमान् र परिवारलाई समाप्त पार्ने योजना बनाए । उनले अनलाइनमार्फत् बम बनाउन सिके, करिब २ किलोको आईईडी तयार गरी होम थिएटरभित्र राखे र डेटोनेटरलाई प्लगसँग जोडे । त्यसपछि नक्कली ‘इन्डिया पोस्ट’ लोगो प्रयोग गरी पार्सल स्वरूपमा युवतीको घर पठाए ।

 

तर, प्राविधिक कारणले बम नपड्किपछि पार्सल देख्दा परिवारले शंका गरी तत्काल पुलिसलाई जानकारी दिएपछि पुलिस घटनास्थल पुगे र प्रहरीले बम डिस्फ्युज गरे

प्रहरीले प्रेमी विनयसहित सात जनालाई पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूले समेत योजना बनाउन सहयोग गरेका थिए । हाल पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्