१ भदौ – सप्तरी, कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा करेन्ट लागेर आज बिहान एक दम्पतिको मृत्यु भएको छ।
५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी को करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तारबार लगाएका थिए। सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो।
उनीहरु आफ्नो घरदेखि करिब १५० मिटर पूर्वमा रहेको खेतमा जाने क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्