३० साउन- काठमाडौं, पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१६ चःमती बस्ने शिवराज दराईलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो। उनलाई प्रहरी वृत बालाजुको टोलीले आज शुक्रबार पक्राउ गरेको हो।
उनको साथबाट एक थान पेस्तोल, म्याग्जिन २ थान, ७ थान गोली राउण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
यस घटनामा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्