३० साउन- ताप्लेजुङ, फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ । घटना फुङलिङ नगरपालिका–१० फुरुम्बूको हो ।
फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको हो।
उनकी आमा शान्ता लिम्बू भने सामान्य घाइते भएकी छिन् । फुरुम्बूबाट माइतीघर फक्ताङलुङ गाउँपालिकाको तावा जाने क्रममा फुङलिङ र फक्ताङलुङको सीमा भएर बग्ने सिस्ने खोलाको फड्के तर्ने क्रममा आमाछोरी खोलामा खसेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्