सुकुम्बासी बस्तीमा नगरप्रहरीले डोजर चलायो

३० साउन- काठमाडौं, मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलेको छ । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले सुकुम्बासी बस्तीमा डोजर चलाएको हो ।

 

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि सुकुम्बासी र नगर प्रहरीबिच झडप समेत भएको थियो ।

 

स्थानीयले नगर प्रहरीमाथि इँटा–ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ ।

प्रतिक्रिया दिनुहोस्