विषाक्त मदिराका कारण कुवेतमा ९ जना नेपालीको मृत्यु

३० साउन- कुवेत, विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु भएको छ भने अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको छ ।

 

मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन गर्न नसकिने दुतावासले बताएको छ ।

‘तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको छ । कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको बताएको छ । नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको तेहाके स्वास्थ्य मन्त्रालय जानकारी दिएको छ ।

 

१ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्