ज्यान मुद्दामा फरार टीकापुरका २ जना पक्राउ

३० साउन- कैलाली, सवारी ज्यान मुद्दामा फरार टीकापुरका २ जना पक्राउ परेका छन्।

 

 

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकेपछि फरार रहेका कैलालीको टीकापुर नगरपालिका १ शक्तिनगर शिबिर बस्ने २६ वर्षीय लौटन चौधरी र सोही ठाउँ बस्ने २२ वर्षीय रबिन चौधरी पक्राउ परेका हुन्।

दुबै जनालाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्