आज शेयर बजारमा सामान्यरुपमा हरियाली छायो

२९ साउन- काठमाडौं, आज बिहीबार शेयर बजारको नेप्से परिसुचक २.६२ अंकले बढेको छ । नेप्से परिसूचक बढे संगै २७८८.२६ विन्दुमा आज पुगेको छ ।

नेप्से झिनो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ ।

आज दिनभरमा ३२० वटा कम्पनीको शेयर ७६ हजार ५४२ पटक किनबेच भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्