महानगरले भत्कायो खोलामा आफु खुशी बनाइएका पुल

२९ साउन- काठमाण्डौ, काठमाण्डौ महानगरपालिकाले कालीमाटी कुलेश्वर हुँदै बग्ने मनमती खोलामाथि बनेका अनधिकृत संरचना भत्काउन थालेको छ ।

मनमती खोलामाथि बनेका पुल भत्काएको र अन्य अनधिकृत संरचना भत्काउने चरणमा रहेको महानगरले जानकारी दिएको छ ।

 

 

स्थानीय बासिन्दाले व्यक्तिगत प्रयोजनका लागि पुलहरू बनाएका थिए । अनुमति लिएर बनाएका संरचना नभत्काउने तर अनुमति नलिई नदीमा बनाएका सबै संरचना भत्काउने महानगरको जनाएको छ ।

 

महानगरका अनुसार जथाभाबी बनाएका संरचनाले बाढीको जोखिम पनि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्