२९ साउन- काठमाडौं, ठमेलको एक होटलबाट ११५.६५ केजी वुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
४६ वर्षीय लिउ जिङताव र २३ वर्षीय लिउ छिआओसुवालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूलाई बुधबार दिउँसो १ बजे ठमेलको जिङझिङ अन्तर्राष्ट्रिय होटलबाट पक्राउ गरिएको हो। उनीहरू होटल कोठा नं. ४०४ र ४०९ मा बस्दै आएका थिए।
उक्त होटलबाट बुद्धचित्तको अवैध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रहरीले उनीहरूबाट नेपाली रुपैयाँ १२ लाख ७० हजार, १५५.६५ केजी बुद्धचित्त, ३ वटा मोबाइल फोन, र २ थान पासपोर्ट बरामद गरेको छ। प्रहरीले उक्त रकम र सामग्रीहरू नियमविपरीत देखिएको भन्दै अनुसन्धान अघि बढाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्