२९ साउन- युक्रेन, रुसी सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको अन्तराष्ट्रिय संचारमाध्यमले जानकारी दिएका छन।
डोब्रोपिलिया पूर्वी युक्रेनको एउटा पुरानो कोइला खानी क्षेत्र हो, जुन हालसम्म युक्रेनी सरकारको नियन्त्रणमै रहेको छ।
रुसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा डोनेट्स्क जन गणराज्य अन्तर्गत पर्ने सुवोरोभो र निकानोरीभका बस्तीहरू मुक्त गरिएको छ। युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रलाई मस्कोले ‘डोनेट्स्क जन गणराज्य’ भनी सम्बोधन गर्ने गरेको भनिएको छ,
यी दुवै गाउँहरू डोब्रोपिलियाबाट करिब १५ किलोमिटर टाढा रहेका छन्।
रुसले यस क्षेत्रमा हालका दिनहरूमा तीव्र सैन्य दबाब सिर्जना गर्दै युक्रेनी सुरक्षाकर्मीहरूलाई पछाडी धकेल्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस्