बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन पुल बगायो

२९ साउन दार्चुला, टिङ्कर खोलाको बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ। पुल बगेपछि टिङ्कर गाउँसँगको सडक सम्पर्क टुटेको छ।

टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको छ। टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको स्थानीयले बताएका छन।

बाढीबाट गाउँमा कुनै क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्