झुम्का कारागारबाट एकजना कैदी फरार भए

२८ साउन – विराटनग, सुनसरीको झुम्का कारागारबाट एकजना कैदी फरार भएका छन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल खत्री जबरजस्ती करणी अभियोगमा दोषी ठहर भएका थिए । उनि मंलबार राति फरार भएका हुन् । खत्री कारागारको “बी”  ब्लकबाट पर्खाल नाघेर भागेको जेलरले बताएका छन।

सामूहिक बलात्कारको घटनामा दोषी ठहर भएका खत्रीलाई जिल्ला अदालत सुनसरीले ०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो । उनी ०८१ साउन २१ गतेदेखि झुम्का कारागारमा थिए ।

 

 

उनी फरार भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्