२८ साउन -सप्तरी, करेन्ट लागेर आज एक व्यक्तिको मृत्यु भएको छ। घटना तिरहुत गाउँपालिका-१ मा भएको हो ।
स्थानीय क्रिकोल गाउँका भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरकाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ४० वर्षका यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो। उनलाई उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्