भारतमा पिकअप भ्यान ट्रक ठेक्किँदा ११ जनाको मृत्यु

२८ साउन- भारत, राजस्थानमा पिकअप भ्यान र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ साथै यो घटनामा अन्य ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये सात जना बालबालिका र ४ जना महिला छन् । उक्त भ्यान पार्किङ गरी राखिएको ट्रकमा गएर ठोक्किएको हो । घटना बुधबार बिहान ४ देखि ५ बजेको बीचमा भएको थियो ।

प्रहरीका अनुसार मनोहरपुर नजिकै भएको यो दुर्घटनामा मानिसहरू खाटुश्याम र सालासर बालाजी मन्दिरको दर्शन गरेर उत्तर प्रदेशको एटाहमा रहेको आफ्नो गाउँ फर्किरहेका थिए ।

पिकअप भ्यानमा २० जना भन्दा बढी मानिसहरु थिए । पिकअप भ्यानले राजमागर्को सर्भिस लेनमा पार्किङ गरिएको ट्रकलाई ठक्कर दिएको थियो ।

 

प्रहरीका अनुसार घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी १० जनाको घटनास्थलमै र एक जना महिलाको एसएमएस अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्