राप्रपा युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन झडपका कारण स्थगित

२८ साउन- काठमाडौं, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन दुई पक्षबीच झडपका कारण स्थगित भएको छ ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि उपस्थित भएपनि उनकै सामुन्ने हात हालाहाल भएको हो । हात हालाहालपछि लिङदेनले अधिवेशन स्थगन गरिएको घोषणा गरे ।

 

लिङदेनले आजको यो घटनाको छानबिन हुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्