चितुवाको छालासहित बैतडीका एक जना पक्राउ

२८ साउन- दार्चुला, चितुवाको छालासहित बैतडीका एक जना पक्राउ परेका छन्।

 

शैल्यशिखर नगरपालिका–३ कर्कले स्थित गोकुलेश्वर मार्मा सडक खण्डको छेउबाट संकास्पद रुपमा हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका–७ ऐर गाउँ बस्ने ५० वर्षीय भान सिंह ऐर हुन्।

ऐरले बोकेको झोला खाँनतलासी गर्दा उक्त झोला भित्र चितुवाको छाला लम्बाई ६ फिट ३ ईन्च ९शिरदेखि पुच्छरसम्म०सहित जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वेर, दार्चुलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्