२८ साउन – कैलाली, धनगढीमा खैरो हेरोइनसहित एक महिला र एक पुरुष पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट स्थित गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीय बिरेन्द्र साउदलाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो। साउदलाई बा ६२ प १२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ११० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ र मोटरसाइकलसहित उनलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस्तै गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–८ भाषा स्कुल नजिकबाट सोही ठाउँ बस्ने ३७ वर्षकी रामरति रानालाई ४० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित पक्राउ गरिएको छ।
रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। दुबै जनालाई बुधवार निन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जर्नाको छ।
प्रतिक्रिया दिनुहोस्