२६ साउन- रुपन्देही, रुपन्देही जिल्ला अदालकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश दिएको छ ।
रुपन्देही जिल्ला अदालका न्यायाधीश नारायण सापकोटाको इजलासले उच्च अदालतको आदेशलाई सदर गर्दै रिहाइको मागसहित लामिछानेले दिएको निवेदन अस्वीकार गरेको हो ।
लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका छन । लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ लाई आधार बनाएर साउन १९ रिहाइको लागि निवेदन दिएका थिए । अदालतले धरौटी, जमानत वा बैंक जमानत लिइ तारिखमा राख्नसक्ने प्रावधानलाई अघि सार्दै लामिछानेले आफ्नो भागमा पर्ने दायीत्ववापत विगो बराबरको २ करोड ७४ लाख ८४ हजारको बैंक जमानत समेत पेश गरेका थिए । तर,अदालतले निवेदन स्वीकार गरेन । आफूखुशी बिगो कायम गरेर बैंक जमानत पेश गर्नु कानुनसम्मत नदेखिएको र बिगो दामासाहीले भाग लगाउनुलाई इजलासले अनुपयुक्त ठहर गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्