२६ साउन- महोत्तरी, रातु नदिमा आइतबार आएको बाढीमा परि एक जनाको मृत्यु भएको छ। बलवा नगरपालिका ३ वदियास्थित रातु नदिमा बाढी आएको हो ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ३ डाम्ही निवासी ३५ वर्षीया चन्दन ठाकुर हुन । बाढी आएको बेला झोलुँगे पुल तर्ने क्रममा एक्कासी उनी नदिमा खस्न पुगेका थिए ।
साइकल चढी टे«क्टरको डिजल ल्याउन पडौल गएको र डिजल लिएर घर फर्किदै गरेको बेला उनलाई रातु नदिले बगाएको हो ।
प्रतिक्रिया दिनुहोस्