२६ साउन- काठमाडौं, आजदेखि कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ ।
ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयले २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुलेको जनाएको छ ।
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरियामा नेपाली नागरिकलाई श्रमिकका रूपमा पठाउने प्रयोजनका लागि योग्य उमेदवार छनोट गर्न प्रथम चरणको परीक्षाका लागि आवेदन खुलेको हो ।

उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि भाषा परीक्षामा आवेदन दिन सकिने छ । उत्पादन क्षेत्रमा तीनहजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा एकहजार ८०० गरी पाँचहजार ३०० जना भाषा परीक्षामा उत्तीर्ण हुन सक्ने शाखाको बताएको छ ।
एक व्यक्तिले एउटा क्षेत्रमा मात्र दरखास्त फारम भर्न पाउने व्यवस्था रहेको छ । काठमाडौंमा सञ्चालन हुने भाषा परीक्षाका लागि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
सूचना

प्रतिक्रिया दिनुहोस्