सवारी साधन एकपासमा ठोक्किँदा ३ जनाको मृत्यु, १५ घाइते

२६ साउन -सुनसरी, पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घटना भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा भएको हो ।

 

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका थिए । निधन हुनेको पहिचान हुन सकेको छैन ।

घाइतेको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्