२५ साउन- रसुवा, गोसाइँकुण्ड गएका एक तीर्थयात्रु बेपत्ता भएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर बेपत्ता भएका हुन।
उनिसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेपत्ता भएको प्रहरीमा खबर गरेका थिए । यही साउन २३ गते चन्दनबारी र चोलाङपाटीको बीच भागबाट उनि बेपत्ता भएको जाहेरीमा उल्लेख छ ।
हराएको सूचना पाउन साथ प्रहरीले खोज उद्धार टोली खटाइएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल, श्रीनाथ गणको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीका ४५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्