२५ साउन- काठमाडौ, शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन।
शुक्रबार पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार पशुपति घाटमा काम गर्ने ‘घाटे बाहुन’ र अर्का दाउरा उठाउने व्यक्तिलाई पक्राउ गएिको हो। पक्राउ परेका घाटे बाहुन यसमा मुख्य आरोपी हुन।
उनले सानो एक टुक्रा हड्डी बिक्री गरेको देखेपछि मलामी बसेकाहरूले देखेर सोधखोज हुँदा हल्ला भएपछि प्रहरी तेहा पुगेको थियो। लिने मान्छे त्यहाँ थिएनन्। वास्तविकता के हो प्रहरीले अनुसन्धान गर्दे छ ।
पक्राउ परेका व्यक्तिले आफू लोभमा परेकोसमेत स्वीकारेका छन्। ४ ५ सय रुपैयाँ दिएकाले दिएको हुँ उनले भनेका छन ।
प्रतिक्रिया दिनुहोस्