२५ साउन- धनकुटा, पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घटना धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा भएको थियो ।
गाडी गाईजात्राका लागि टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हो ।
दुर्घटना हुने २ च २३०९ नम्बरको पिकअप गाडी रहेको छ । गाडीमा सवार २१ जनामध्ये १७ जना घाइते भएका छन । गम्भीर अवस्थाका तीन जना घाइतेलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्