२५ साउन-रामेछाप, मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको पिकअप स्कारपियो गाडी दुर्घटनामा परेको छ ।
बा१३ च ३९३५ नम्बरको पिकअप स्कारपियो मन्थलीबाट हेटौँडातर्फ जाँदै गर्दा मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ ।
उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको जानकारीकम आएको छ ।
स्कारपियो चालक एव उनीका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइते उनिहरुलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो । मन्थली –७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहनुभएकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्