२३ साउन- सर्लाही, मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
बलरा नगरपालिका-११ वडा कार्यालय नजिकै बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई शुक्रबार ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठाको उपचारको क्रममा मृत्यु भएको हो।
उनलाई अचलगढ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षका जितेन्द्र ठाकुरसमेत घाइते भएका छन।
उनको प्रादेशिक अस्पताल मलङ्गवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्