रविको पक्षमा ३२ लाख हस्ताक्षर,६२ लाख बढी रुपैयाँ संकलन

२३ साउन- काठमाडौँ, रास्वपाले सुरु गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्षमा हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढीले हस्ताक्षर गरिसकेको छ।


रास्वपाले लामिछानेले कारागार बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै रुपन्देही जिल्ला अदालतलाई दिएको निवेदनमा साउन २३ सम्म ३२ लाख ६ हजार ६ सय आठले रविको पक्षमा हस्ताक्षर गरेका छन ।

त्यस्तै, हस्ताक्षर अभियानका क्रममा ६२ लाख १६ हजार ६ सय ६९ रुपैयाँ संकलन भएको पनि रास्वपाले जनाएको छ।

 

रविबिरुद् राज्यले राजनीतिक प्रतिशोध साधिएको भन्दै असार ७ बाट हस्ताक्षर अभियान सुरु भएको थियो। संगठित सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्