सोर्स कोड चोरी गरेको आरोपमा दुई जना पक्राउ

२३ साउन -काठमाडौं, कम्प्युटर स्रोत संकेत (सोर्स कोड) चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन। नेपाल प्रहरीको साइबर ब्यूरोले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाँउपालिका-५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने वर्ष २६ को सुजन कुमार महतो र धादिङको ज्वालामुखी गाँउपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने वर्ष २४ को सुमन श्रेष्ठ रहेका छन्।

सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) मा अनधिकृत पहुँच पुर्‍याई, चोरी गरी निवेदकको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याउने मनसाय लिएको प्रहरीले जनएको छ।

उनीहरू माथी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्