२३ साउन- काठमाडौँ , ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुशी नै होलान्। पुरस्कार दिन बेर छैन। तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन्।’ यो भनाई हो नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको, उनले यस्तो भन्दै प्रधानमन्त्री केपी शर्मा ओली माथी कटाक्ष गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशी हुने र पुरस्कार दिनसक्ने टिप्पणी गरेका छन।
प्रधानमन्त्री ओलीले केही समयअघि एक सार्वजनिक कार्यक्रममा ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए। तही अभिव्यक्तिप्रति लक्षित गर्दै नेपालले उक्त कटाक्ष गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्