२३ साउन- कालीकोट, जुम्लादेखि सुर्खेत जाँदै गर्दा फोर्स गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। गाडीमा सवार अन्य दुई जना सामान्य घाइते भएका छन्।
जुम्लादेखि सुर्खेतको लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको फोर्स गाडी तिलागुफा र खाँडाचक्रको सिमाना गोलुवा खोलामा दुर्घटना भएको थियो ।
घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्