२२ साउन- सिन्धुली, भारत पुर्याएर नेपालीको मिर्गौला निकालिएको घटनामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ। ३७ वर्षीय खिलबहादुर भुजेललाई भारतमा रोजगारी दिने भनेर लगि मिर्गौला निकालिएको थियो ।
पक्राउ पर्नेमा कुमार भन्ने राजकुमार नेपाली, राकेश नेपाली र अर्का एक जना व्यक्ति रहेका छन। उनीहरूलाई बुधबार र बिहीबार विभिन्न ठाउँबाट पक्राउ गरेर ल्याइएको छ । अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। त्यसमध्ये तीन जनालाई म्याद थप गर्नका लागि आज जिल्ला अदालत लगिएको छ।
एक जनालाई भने थप सोधपुछ गर्न बाँकी रहेकाले आज म्याद थप गर्न लगिएको छैन । अहिलेसम्म यस घटनामा ४ जना पक्राउ परेका छन्। आज बिहानमात्र नुवाकोटका समीर परियार पक्राउ परेका थिए।
सिन्धुलीको दुधौली नगरपालिका-१ का भुजेललाई काठमाडौंबाट होटलमा जागिर लगाइदिन्छु भन्दै भारत पुर्याएर मिर्गौला बेचेर स्वदेश फर्काइदिएको थिए। समीर र कुमारले नै खिलबहादुरलाई भारतबाट जिम्मा लिएर नयाँबसपार्कसम्म ल्याएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्