२२ साउन- काठमाडौं, शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रमबाट माग गरेका छन् ।
अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान प्रचण्डले माग गरेका हुन।
उनलको भनाइ अनुसार, यी दुइटा कुरा भयो विद्यार्थीहरुको ९० प्रतिशत जवाफ त्यही हुन्छ । यी दुईटा काम गर्नको लागि व्यवस्था परिवर्तन गर्न पर्दैन । सजिलै सरकारले गर्ने कुरा हो। मेरो नेतृत्वको सरकारले अगाडि बढाइसकेको छ । त्यसलाई अन्तिम रुप दिन भनेका छन ।’
उनले शिक्षा विधेयक आउन सरकारकै कारणले ढिलाइ भइरहेको आरोप समेत लगाएका छन ।
प्रतिक्रिया दिनुहोस्