अनुदानमा कृषि सामग्री दिने भन्दै ठगिएका किसानले सहकारी कार्यालयमा लगाए ताला

२२ साउन- कञ्चनपुर, अनुदानमा कृषि सामग्री दिने भन्दै ठगिएका किसानले सहकारी कार्यालयमा ताला लगाएका छन।

५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने भन्दै दुईवटा सहकारी र सुरो नेपाल नामक गैरसरकारी संस्थाले कञ्चनपुरको लालझाडीका साढे तीन सय किसानको अढाई करोड रकम उठाएका थिए। तर, एक वर्षसम्म पैसा वा उपकरण दुवै नपाएपछि किसानले बुधवार सहकारीमा तालाबन्दी गरेका हुन।


सुरो नेपालमार्फत पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिन दिलाउने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले पैसा उठाएका थिए। गत वर्ष अनमोलले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट एक करोड ९३ लाख रुपैयाँ उठाएका थिए।

पिडितले सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर सहकारीलाई अग्रिम पैसा बुझाएका किसान बिचल्लीमा परेका छन्। पटक–पटक पैसा फिर्ता माग्दा पनि नपाएपछि तालाबन्दी गरिएको लालझाडीका किसानले बताएका छन ।

किसानबाट सङ्कलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरूले दुरुपयोग गरेको दाबी गरेका छन्। कञ्चनपुरका प्रहरीले ठगी मुद्‍दामा अनुसन्धान भइरहको बताएका छन। सुरो नेपालका अध्यक्ष सुशीला खड्का, सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि कारागारमा छन्। सहकारीबाट टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको थियो। सुरो नेपालको नाममा कैलालीका विभिन्न क्षेत्रमा पनि किसान ठगिएका छन।

प्रतिक्रिया दिनुहोस्