२२ साउन- विराटनगर, एक पुरुषको शव खोलामा भेटिएको छ । उनि एक साता अघि हराएका थिए ।
मोरङको केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बूको शव स्थानीय समेवा खोलामा भेटिएको छ ।
बुधबार साँझ शव फेला परेका लिम्बू गत असार १३ गतेदेखि बेपत्ता भएका थिए । परिवारका सदस्यले खोजीका लागि इलाका प्रहरी कार्यालय केराबारीमा निवेदन दिएपछि आफन्त र प्रहरीकोे खोजतलास का क्रममा उनको शव खोलामा फेला परेको हो ।
उनको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । लिम्बूको मृत्युको कारण खुल्न भने सकेको छैन ।
घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्