थुनामुक्त माग गर्दै रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा दिए निवेदन

२२ साउन- काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् ।

रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका छन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको जिकिर गर्दै बिगो बराबरको रकम धरौटीमा राखेर थुनामुक्त गर्न माग गर्दै निवेदन दिएका हुन् ।

 

 

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पछ्य लागि भैरहवा कारागारमा थुनामा छन् । उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

यस अघि पनि रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्