२२ साउन दार्चुला, दार्चुलाका एक जना ज्येष्ठ नागरिकले ९७ वर्ष र एक जनाले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्।
लेकम गाउँपालिका–६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम–१ की ९६ वर्षीय परुलीदेवी बोहोरालाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले उनीहरूको घरमै गएर नागरिकता प्रदान गरको छ। उनीहरू नागरिकता पाएपछि निकै खुसी भएका छन्।
९७ वर्षीय नाथले घरमै नागरिकता प्रमाणपत्र बुझ्न पाउँदा आफूलाई देशले सम्झिएको अनुभव भएको बताए। लेकम गाउँपालिका–१ का ९६ वर्षीय परुलीदेवी बोहोराले पनि यो उमेरमा नागरिकता पाउँदा खुसी लागेको बता्इन्। पहाडी भेगका दुर्गम बस्तीका जनतालाई कार्यालय पुग्न गाह्रो हुने भएकाले नागरिकता लिन वञ्चित भएकाहरुलाई घरमै नागरिकता दिनका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्