२१ साउन- काठमाडौं, मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताएका छन् ।
लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचनमा उनले एमसिसीबारे माओवादी गम्भीर रहेको भन्दै एमसिसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको उनले बताएका छन ।
उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेस र एमाले एमसिसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको बताए । आइपिएसको सदस्य बनाउने र एसपिपिसम्म पनि सैद्धान्तिक सहमति गर्ने पनि एमाले नै भएको पनि उनले भने ।
प्रतिक्रिया दिनुहोस्