२१ साउन- दाङ, २३ वर्ष अघि सौतेनी छोराको हत्या गर्ने सौतेनी आमालाई प्रहरीले पक्राउ गरेको छ । गढवा ७ मानपुरकी ५० वर्षिया वसन्ता शर्मा पण्डितले २०५९ असार १९ गते दाउराले हानेर ९ वर्षका सौतेनी छोरा शरद शर्माको हत्या गरेकी थिइन । उनि २३ वर्षपछि पक्राउ परेकि हुन ।
उनलाई दाङ जिल्ला अदालतले २०६० साल माघ ३ गते दश वर्ष कैद सजाए तोकेको भएपनि अनि फरार रहेकि थिइन । फरार भएकी वसन्तालाई गढवा प्रहरीले यहिँ साउन २० गते काठमाडौंको गोगंबुबाट पक्राउ गरेको थियो ।
उनि गोंगबुमा आफ्नै छोरासँग बस्दै आएकी थिइन । अहिले उनलार्इ कदै भुक्तानकालागि अदालत बुझाएको र अदालतले कारागार चलान गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्