नेप्से परिसूचक १.९४ अंक घटेको छ ।

२१ साउन- काठमाडौं, बुधबार सेयर बजार नेप्से परिसूचक १.९४ अंक घटेको छ । झिनो अंकको गिरावटपछि नेप्से २८३२ मा बन्द भएको हो ।

 

आजको कारोवारमा ७ अर्ब ४६ करोडको मात्रै कारोबार भयो, ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो ।

आज माइक्रोफाइनान्समा लगानिकर्ताको आकर्षण बढी देखिएको छ । माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक वर्षकै नाफाबाट सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने चर्चा बजारमा चलेसँगै यो समूहमा आकर्षण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्