२१ साउन- विराटनगर, अत्यधिक मात्रामा रक्सी खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेर राखेको अवस्थामा एक वृद्धको मृत्यु भएको छ । घटना झापा गाउँपालिकाको हो ।
रक्सी खाएर गाँउभरी हल्ला गर्दै हिँडेको भन्दै झापा गाउँपालिका-१ का जतन सोरेनलाई छिमेकीले लसुनामा आँपको रुखमा बाँधेका थिए ।
छिमेकी महादेव टुडुको घर छेउ पुगेर जतनले काम्दै हो-हल्ला गरेपछि महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर छाडेका प्रहरीले बताएको छ ।
बुधबार बिहान करिब ४ बत भेटिएजे उठेर हेर्दा उनी मृत्यु भएको थियो ।
यस घटनामा संलग्न आरोपमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्