२१ साउन- काठमाडौँ, मंगलबार दिउँसो काठमाडौँ महानगरपालिका-१६ वनस्थलीमा चोरी भएको छ ।
वनस्थलीमा डेरा गरी बस्ने मोरङ धनपालथान गाउँपालिका-५ घर भएकी ३८ वर्षीय सृजना तिवारी र महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएकी ५१ वर्षीया बबिता वैदेको कोठामा चोरी भएको हो ।
नेपाल प्रहरीका अनुसार उनीहरुकोबाट नगद तथा विभिन्न गरगहना गरी करिब १६ लाख १७ हजार ९ सय ४६ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले यस चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस घटना बारे आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्