२ लाखबढीका भन्सार छलीको सामान बरामद

२१ साउन- कञ्चनपुर, प्रहरीले २ लाख १८ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १८ हजार ५६० बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरिएको छ।

कपडा तथा किराना लगायतका भन्सार छलीको सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय गडडाचौकी कञ्चनपुरमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्