बबई नदीकोबिचमा फसेका दुई जनाको सकुशल उद्धार

२० साउन -बर्दिया, बबई नदीकोबिचमा फसेका दुई जनाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । घटना गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुरको हो ।

बालापुर बस्ने ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारु गाईवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि नदीकोबिचमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्