शर्मिला वाइबालाई साइबर अपराध मुद्दामा पक्राउ

२० साउन- पोखरा, कास्की प्रहरीले आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ । उनलाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको हो ।

 

उनि साइबर अपराध मुद्दामा पक्राउ परेको प्रहरीले बताएको छ । उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ । वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको हो । उनलाई मंगलबार नै काठमाडौं पठाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्