बाग्मतीमा नयाँ सरकार, नेतृत्वमा इन्द्रबहादुर बानियाँ

२० साउन- मकवानपुर,  बाग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त भएकाा छन ।

बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा बाग्मती सरकार प्रमुख बनेका हुन । उनि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामापछि बाग्मतीको नेतृत्व सम्हाल्ने छैटौं व्यक्ति हुन ।

 

बाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गरेसँगै एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुङ्गिएको छ ।

आज दिउँसोसम्म कुनै फेरबदल नभए मन्त्रीका नामहरू अन्तिम हुने र उनीहरूले आजै शपथ लिने तयारी भएको एमालेले जनाएको छ । यस्तै सत्ता साझेदार कांग्रेसबाट भने प्रारम्भिक चरणमा दुई जना मात्र मन्त्री नियुक्त हुने सम्भावना रहेको छ ।

 

एमालेका तर्फबाट सम्भावित मन्त्रीहरूको विवरणः

किरण थापा मगर – स्वास्थ्य मन्त्री
जयराम थापा – श्रम, रोजगार तथा यातायातमन्त्री
भरतबहादुर केसी – वन तथा वातावरणमन्त्री
मधुसूदन पौडेल – कृषि तथा पशुपक्षी विकासमन्त्री
डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकासमन्त्री
बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री

 

प्रतिक्रिया दिनुहोस्