२० साउन- म्याग्दी, गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।
यो भूकम्पको स्थानीय परिमाण (एमएल) ४.५ रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागले मापन गरेको छ।
अहिलेसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आइनसकेको केन्द्रले जनाएको छ। तर भूकम्पको धक्का म्याग्दी तथा वरपरका जिल्लामा महसुस गरिएको जनाइएको छ।
गोरखापत्र
प्रतिक्रिया दिनुहोस्