अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

२० साउन- काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय ६२ एम्पुल, फेनारगन १ सय ६२ एम्पुल, डाईजेपाम १ सय ६८ एम्पुल र नगद ५ हजार ८ सय ५५ रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गोकर्ण बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका २९ वर्षीय छिरिङ लामा र २२ वर्षीय प्रदिप श्रेष्‍ठ रहेका छन् । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५ सय मिलिग्राम सहित शहिदभुमी गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्ताप राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-०५७ प ५०५४  नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय २० मिलिग्राम सहित साँगुरगढी गाउँपालिका-६ बस्ने २७ वर्षीय सिरेश राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी  कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-५ बस्ने २५ वर्षीय निरज खड्का र इटहरी उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ हरिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ३ सय ९० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने २८ वर्षीय बाल कुमार पाण्डेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरिपुरबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २९९६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-९ गणेश चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने २० वर्षीय बिक्रम लिम्बुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लबाट खटिएको प्रहरीले मिक्लाजुङ गाउँपालिका-९ गणेश चोक बस्ने भुपाल खत्रीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार भुपालको खोजी गरिरहेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-६ जलजले ढाँटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६० ट्याब्लेट सहित त्रियुगा नगरपालिका-३ बस्ने ३२ वर्षीय कुमार बुढाथोकी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ च ८३९१ नम्बरको विङ्गरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा घारीकुलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ६६ एम्पुल, फेनारगन १ सय ६९ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने स्याङ्जा घर भएकी ३२ वर्षीया रिना थापा मगर, ३४ वर्षीय विश्‍वास गुरूङ र पर्वत घर भएका ३९ वर्षीया मिना थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले रिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-३ पिपलनेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय युवराज विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले खलंगादेखि माझमीतर्फ जाँदै गरेको रा.२ प ६०२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

पर्सा, छिपरमाइ गाउँपालिका-३ झलमैया चोकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय चुनु कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बुढगाइबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुर्खेत, लेकबेशी नगरपालिका-१० बडीपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नगद १ हजार रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २१ वर्षीय नबिन रावल र २५ वर्षीय रूपेश भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.३ प २१४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्